देशभर ९२६३ कोरोना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, २० मंसिर । देशभर हाल ९ हजार २ सय ६३ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

कुल १४ हजार २ सय ५५ सक्रिय संक्रमितमध्ये ९ हजार २ सय ६३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ९ सय ९२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

प्रदेश १ मा १ हजार ६ सय २, प्रदेश २ मा २ सय १४, बागमती प्रदेशमा ५ हजार २ सय ६४, गण्डकी प्रदेशमा २ सय ६५, लुम्बिनी प्रदेशमा १ हजार ३ सय १५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ५ सय २६ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts