सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी, २० मंसिर । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५८ वर्षीय संक्रमितको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार असोज १५ गतेदेखि उपचार गराइरहेका पुरुष निमोनियाका बिरामी हुन्। उनको शनिबार दिउँसो मृत्यु भएको असपतालले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts