दार्चुला अस्पतालमा भेन्टिलेटरसहित आईसीयू कक्ष स्थापना

दार्चुला, २० मंसिर । जिल्ला अस्पताल दार्चुलामा भेन्टिलेटरसहितको दुई बेडको आईसीयू कक्ष स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पातल दार्चुलामा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना भएको हो।
कोरोना भाइरसका जटिल खालका बिरामीहरुलाई मध्यनजर गरेर भेन्टिलेटर सहितको आइसीयू कक्ष स्थापना गरिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर गजेन्द्र दुवालले बताए।
अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना भएपनि दक्ष जनशक्ति अभावमा सञ्चालन गर्न समस्या हुने देखिएको छ। आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भए पनि प्रदेश सरकारले उपकरणसंग दक्ष जनशक्ति नपठाउदा आईसीयू कक्ष सञ्चालनमा समस्या हुने भएको हो।