चिकित्सक अभाव हुँदा बैतडीका स्वास्थ्य संस्थामा उपचारमा समस्या



Download our app to get more features

बैतडी, २० मंसिर । बैतडीमा चिकित्सकको अभावले कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकस भएको छ।
 सङ्घीय सरकारले प्रत्येक स्थानीय तहमा तीन महिनाका लागि कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याउन बजेट पठाएको भए पनि चिकित्सकको अभावमा ती अस्पतालमा सञ्चालनमा आएका छैनन्।

पुर्चौंडी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउन नसकेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने “स्थानीय तहमा सञ्चालन हुने भनेका कोभिड अस्थायी अस्पतालका लागि चिकित्सक नपाउँदा अस्पताल नै सञ्चालनमा आउन सकेका छैनन्।” 

कोभिड अस्थायी अस्पताल सञ्चालनका लागि दशरथचन्द नगरपालिकाबाहेकका स्थानीय तहमा १० लाखका दरले बजेट आएपनि चिकित्सक नपाउँदा अस्पताल नै सञ्चालनमा आउन सकेका छैनन्


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts