काठमाडौं उपत्यकामा ६०६ संक्रमित थपिए,७ जना संक्रमितको मृत्यु 



Download our app to get more features

काठमाण्डौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ४७ महिला र ३ सय ५९ पुरुष गरी ६सय ६ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै उपत्यकामा एक लाख ११ हजार ५ सय ४६ जना व्यक्ति संक्रमित भएका छन्।

स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४ सय ४० , ललितपुरमा १ सय २५ र भक्तपुरमा ४१ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २, ललितपुमा ३ र भक्तपुरमा २ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८९ हजार ७ सय २८ जना संक्रमित भएका छन्, जसमध्ये ३ सय ९५ जनाको मृत्यु भएको छ। हालसम्म८३ हजार ३ सय ३७ जना निको भएका छन्। ललितपुरमा १३ हजार ६ सय ९८ जना संक्रमित भएका छन्। जसमा १ सय २० जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १२ हजार ३ सय २३ जना निको भएका छन्। भक्तपुरमा ८ हजार १ सय २० संक्रमितमध्ये ९५ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ७ सय ८५ जना निको भएका छन्।

आज काठमाडौमा ५ हजार ९ सय ९६, ललितपुरम १ हजार २ सय ५५ र भक्तपुरमा ५ सय ४० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts