देशभर थप १६ जना कोरोना संक्रमितको मृत्यु, संख्या १५ सय ६७ पुग्यो



Download our app to get more features

काठमाडौं, १९ मंसिर ।नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ सय ६० नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

यस्तै हाल देशभर ५४ जना कोरोना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ३ सय २८ जना आईसीयूमा उपचाररत रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts