थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५ सय ७५ जना स्वस्थ

काठमाडौं, १९ मंसिर । नेपालमा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ३१ पिसिआर परीक्षण गर्दा देशभर ४ सय ८४ महिला र ७ सय ८८ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ । यो दर कुल संक्रमितको ९२ दशमलव ९ प्रतिशत हो ।
हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।