समायोजन भएका कर्मचारीलाई सरुवाको माग गर्दै निवेदन नदिन मन्त्रालयको आग्रह

काठमाडौं, १९ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भएका कर्मचारीलाई सरुवाको माग गर्दै निवेदन नदिन आग्रह गरेको छ ।
मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीले सरुवाको माग गर्दै निवेदन दिने क्रम बढेको भन्दै सूचना जारी गरेको हो ।
मन्त्रालयले सूचना जारी गर्दै समायोजन ऐन, २०७५ बमोजिम समायोजन भई सकेको र समायोजन हुन बाँकी र गुनासो सम्बोधनका केही कामहरु बाँकी रहेको सन्दर्भमा स्थानीय र प्रदेश तहमा समायोजित कर्मचारीहरुको सरुवा गर्ने अधिकार कानूनतः मन्त्रालयलाई नरहेको स्पष्ट पारेको छ ।
मन्त्रालयले सरुवासम्बन्धी कुनै कारबाही मन्त्रालयबाट नहुने समेत स्पष्ट पारेको छ ।
Last modified on 2020-12-04 15:32:32