स्वास्थ्यकर्मीका माग पूरा गर्न वीर अस्पताल तयार
सम्झौँता पत्रमा केहीको बिमती

काठमाडौं, १९ मंसिर । विभिन्न माग राखी विगत ४६ दिन देखि वीर अस्पतालका स्वास्थ्यकर्मीले उठाएका मागहरू पूरा गर्न अस्पताल प्रशासन तयार भएको छ।
बिहीबार प्रतिष्ठान र आन्दोलनरत पक्षबीच भएको वार्तापछि ५ बुँदे सम्झौता भएको थियो। तर, वार्तामा बसेका केही सदस्यहरुले त्यसमा हस्ताक्षर गर्न नमानेकोअस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए।
बिहीबारको बार्तामा कोभिड भत्ता वितरणमा भएको त्रुटि सच्याउने, औषधि खरीद सम्वन्धी भत्ता एक साता भित्र उपलव्ध गराउने, सेवा विस्तार सम्वन्धी भत्ता छ साता भित्र दुई महिनाको उपलव्ध गराउने लगायतमा बुदा तय गरिएको थियो ।
वार्तापछि तयार गरिएको सम्झौँता पत्रमा प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राडा देवनारायण साह सहित ६ जना पदाधिकारीले हस्ताक्षर गरेका छन् । आन्दोलन कारीको तर्फबाट सहसंयोजक खुबराज आचार्य, सदस्यहरु टिकाराम पनेरु, शारदा अर्याल र इन्द्र अर्यालले हस्ताक्षर गरेका छन् । अरु बाँकी पाँच जनाले भने हस्ताक्षर गर्न मानेका छैनन् ।
सम्झौतामा सहमत नभएका केही व्यक्तिसँग आज पनि छलफल जारी रहेको डा. सेञ्चुरीले बताए ।