मोरङमा थप दुई कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, १९ मंसिर । मोरङका दुईवटा अस्पतालमा उपचाररत कोरोना  संक्रमित दुईजना पुरुषको बिहीबार राती मृत्यु भएको छ । उपचारका क्रममा एक जनाको बूढीगंगास्थित विराट शिक्षण अस्पताल र अर्का पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो । मृत्यु भएका एक जना सिरहा र एक जना झापा दमकका रहेका छन् ।
 
झापाको दमक ठेगाना उल्लेख गरेर उपचारका लागि भर्ना गरिएका ५६ वर्षीय पुरुषको राति १२ बजेतिर विराट शिक्षण अस्पतालमा ज्यान गएको हो । अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार ज्वरो आउने, छात्ती दुख्नेलगायतका समस्या भएपछि पुरुषलाई मंसिर १३ गते विराटनगरको विराट नर्सिङ होम भर्ना गरिएको थियो । 

त्यस्तै, सिरहाको मिर्चैयाका ७५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले उपचारका क्रममा राति १२ बजेतिर वृद्धको मृत्यु भएको बताए । छात्ती दुख्ने र ज्वरो आउने समस्या देखिएपछि उपचारका लागि बिहीबार अस्पताल भर्ना गरिएको थियो । 
अस्पताल भर्ना गरेर उपचार थाल्दै स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पुष्टि भएपछि तत्काल कोभिड वार्डको आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि वृद्धलाई बचाउन नसकिएको दाहालले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts