डा. केसी कोरोना संक्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज

काठमाडौं, १८ मंसिर । चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसी २१ औ दिनमा कोरोना संक्रमण मुक्त भएका छन्।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसीको कोरोना परीक्षणमा रिर्पोट नेगेटिभ आएर डिस्चार्ज भएका हुन ।
आज ६बजे डिस्चार्ज भएको डा.केसीका सहयोगी प्रितम सुवेदीले बताए । डा. केसीलाई केही दिन अक्सिजनको सहायतामा राखिएको थियो।
चिकित्सकको अनुसार संक्रमणको कारण निमोनिया समेत भएको थियो। उनलाई रेमडिसिभिर, डेक्सोना र एन्टीकोस्सेजन चलाएका थियो।
डा. केसीलाई कार्तिक २८ गते संक्रमण पुष्टि भएको थियो।