काठमाडौं उपत्यकामा ५६१ संक्रमित थपिए, ७ जना संक्रमितको मृत्यु

काठमाडौं , १८ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५० महिला र ३ सय ११ पुरुष गरी ५ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १० हजार ९ सय ४० जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ५५ , ललितपुरमा २६ र भक्तपुरमा ८० जनालाई कोरोना संक्रमण देखिएको छ।
त्यसैगरी, आज काठमाडौंमा ५, ललितपुमा १ र भक्तपुरमा १ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ८९ हजार २ सय ८८ जना संक्रमित भएका छन्, जसमध्ये ३ सय ९३ जनाको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ५ सय १९ जना संक्रमित भएका छन्। जसमा १ सय १७ जना संक्रमितको मृत्यु भएको छ। भक्तपुरमा ८ हजार ५३ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ।
आज काठमाडौमा ६ हजार ३ सय ३७, ललितपुरम १ हजार २ सय ७६ र भक्तपुरमा ५ सय ८५ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।