२४ घन्टामा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ६५ जना भेन्टिलेटरमा उपचाररत

काठमाडौं, १८ मंसिर । नेपालमा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ । यस्तै हाल नेपालभर ३ सय ८८ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ६५ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमति प्रदेशमा १ सय ७६ जना संक्रमित आईसीयूमा र ४१ जना भेन्टिलेटरमा उपचाररत छन् भने गण्डकी प्रदेशमा ८४ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश १ मा २९ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै लुम्बिनी प्रदेशमा ७५ जना आईसीयूमा उपचाररत रहेका छन् भने ३ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ भने प्रदेश २ मा ६ जना आईसीयू र १ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ९ जना आईसीयूमा उपचाररत रहेका छन् भने भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा ९ जना आईसीयूमा उपचाररत रहेका छन् भने २ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।