काठमाडौं उपत्यकामा ७२३ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु

काठमाडौं, १७ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय २५ महिला र ३ सय ९८ पुरुष गरी ७ सय २३ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १० हजार ३ सय ७९ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ३१ , ललितपुरमा ६१ र भक्तपुरमा ५ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २, ललितपुमा २ ।जना गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ८८ हजार ८ सय ३६ जना संक्रमित भएका छन्, जसमध्ये ३ सय ८८ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ८१ हजार ७ सय ९५ छ। ललितपुरमा १३ हजार ४ सय ९३ जना संक्रमित भएका छन्। जसमा १ सय १६ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९ सय ७३ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५३ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ३ सय ८५ जना निको भइसकेका छन्।
आज काठमाडौमा ६ हजार ६ सय ५०, ललितपुरम १ हजार ४ सय ४ र भक्तपुरमा ५ सय ७५ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।