स्वास्थ्य सेवा क्षेत्रसँग सम्बन्धीत कानुन एक अर्कासँग बाँझिदा काम गर्न समस्याः सचिव अर्याल



Download our app to get more features

काठमाडौं, १७ मंसिर । स्वास्थ्य सेवा क्षेत्रसँग सम्बन्धीत कानुनको संख्या धेरै भएकाले काम गर्न नसकिने अधिकारीहरुले बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधवार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले स्वास्थ्य सेवा क्षेत्रसँग सम्बन्धीत कानूनको संख्या धेरै भएको र कानुन एक अर्को सँग बाँझिने भएकाले काम गर्न नसकिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरूले बताएका हुन् ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो भने नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले समान उद्देश्य भएका कानुन र एक आपसमा बाझिएका कानुनलाई एकीकृत र संशोधन गर्न सुझाव दिए । समिति सभापति रामनारायण बिडारीले कानुनको अपव्याख्या गरी बनाइएका नियमावली र निर्देशिकाले भ्रष्टाचारलाई बढाएको बताए ।

स्वास्थ्य मन्त्रालयले दिनदिनै फरक, फरक निर्देशन दिँदा कोरोना सङ्क्रमितको उपचारमा अन्योलता देखिएको उनको भनाइ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७५ सालमा बनेको जनस्वास्थ्य ऐनको आवश्यक मापदण्ड अहिलेसम्म नबनाएको भन्दै सांसदहरूले प्रश्न गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts