स्वास्थ्य मन्त्रालयले भन्योः सरकारले बन्द गरेका सेवा थप १५ दिन नखोल्नु



Download our app to get more features

काठमाडौं, १७ मंसिर । सरकारले कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर बन्द गरेका सेवाहरु थप १५ दिनसम्म नखोल्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले कोरोना महामारीको जोखिमलाई ध्यानमा राखि बन्द गरेका र निषेध गरेका सेवाहरु थप १५ दिनसम्म बन्द गर्न नै निर्देशन दिएको बताए ।

उनले संक्रमणको अवस्थालाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्डलाई पुनरावलोकन गरिने भन्दै सिनेमा हल, मेला महोत्सव, रात्री कालिन व्यवसायहरु, धेरै मानिसहरु भेला हुने लगायतका क्षेत्रलाई १५ दिन थप बन्द गर्न भनिएको बताए ।

मंसिर महिनापछि विद्यालयहरु खोल्दा थोरै संख्यामा विद्यार्थीहरु भएका ठाउँहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण कडाईंका साथै विद्यालय सञ्चालन गर्न भन्दै डा.गौतमले स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर सीसीएमसीमा लेखि पठाउने निर्णय पनि भएको बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts