नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ मात्रै, दुई लाख १८ हजारभन्दा बढी स्वस्थ



Download our app to get more features

काठमाडौं, १७ मंसिर । नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजारमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा १६ हजार ५ सय ४७ मात्रै रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ३ सय पिसिआर परीक्षण गर्दा ५ सय ६५ जना महिला र ९ सय २५ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार थप १ हजार ५ सय ६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts