नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, १७ मंसिर । नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ ।

यस्तै हाल नेपालभर ६४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा र ३ सय ६५ जना संक्रमितको आईसीयूूमा उपचार भइरहेको ।

Last modified on 2020-12-02 17:29:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts