दाङका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु



Download our app to get more features

दाङ, १७ मंसिर । दाङका एकजना कोरोना संक्रमितको उपचारका क्रममा कोहोलपुरमा मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय पुरुषको बुधबार बिहान  ५ बजेतिर मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी यही मंसिर ६ गते प्रिआइसोलेसनमा भर्ना भएका थिए । कोरोना जाँचका क्रममा ७ गते रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको कोभिड(१९ आइसोलेसनमा भर्ना भएका थिए ।
उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापीसमेत गरिएको थियो तर बचाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्यामात्रै ५२ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts