पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु

पाल्पा, १७ मंसिर । पाल्पा र स्याङजाका थप एक/एकजना कोरोना संक्रमितको उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका १ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका ४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए ।
मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।