देशभर १० हजार ९ सय ९८ जना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, १६ मंसिर । देशभर १० हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

सोमबार १६ हजार ६ सय ३३ जना संक्रिय संक्रमित मध्य १० हजार ९ सय ९८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ८ सय ५८ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै, प्रदेश १ मा  १ हजार ७ सय ४८, प्रदेश २ मा ३ सय १९, लुम्बिनी प्रदेशमा ७ सय ५९, सुदूरपश्चिम प्रदेशमा ४ सय १६, गण्डकी प्रदेशमा ७ सय ९१ र कर्णाली प्रदेशमा १०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts