काठमाडौं उपत्यकामा ५३० संक्रमित थपिए, १५ जना संक्रमितको मृत्यु

काठमाडौं, १६ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ४० महिला र २ सय ९० पुरुष गरी ५ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ९ हजार ६ सय ५६ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ९ , ललितपुरमा ८५ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ११, ललितपुर २ र भक्तपुरमा २ जना गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ८८ हजार ३०२ जना संक्रमित भएका छन्, जसमध्ये ३ सय ८६ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ८१ हजार १ सय १० छ।ललितपुरमा १३ हजार ३ सय ५९ जना संक्रमित भएका छन्। जसमा १ सय १४ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ८ सय ८४ जना निको भएका छन्।
भक्तपुरमा ७ हजार ९ सय ९५ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार २ सय ९८ जना निको भइसकेका छन्।आज काठमाडौमा ६ हजार ८ सय ६, ललितपुरम १ हजार ३ सय ६१ र भक्तपुरमा ६सय ४ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।