नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय २९, ६३ जना संक्रमित भेन्टिलेटरमा



Download our app to get more features

काठमाडौं, १६ मंसिर । नेपालमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ । 

यस्तै हाल देशभर ६३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् भने ३ सय ७० जना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ । 

यस्तै बागमती प्रदेशमा १ सय ४२ जना आईसीयू र ३२ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७२ जना आईसीयू र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ४६ जना आईसीयु र ११ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ५ आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । 

यसैगरि सुदुरपश्चिममा ७ आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आईसीयू र १३ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आईसीयू उपचाररत रहेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts