नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजारभन्दा धेरै, ९२ दशमलव ३ प्रतिशत स्वस्थ



Download our app to get more features

काठमाडौं, १६ मंसिर । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ८३ पिसिआर परीक्षण गरिएकोमा थप १ हजार ३ सय ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार थप ५ सय १ जना महिला र ८ सय ३ जना पुरुषमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ । 

यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ । यो दर कुल संक्रमितको ९२ दशमलव ३ पुगेको छ ।

हाल देशभर १६ हजार ६ सय ३३ सक्रिय संक्रमित रहेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts