नेपालमा एन्टीजेनबाट कोरोना परीक्षण शुरु, पहिलो दिन ७०० को परीक्षण 



Download our app to get more features

काठमाडौं, १६ मंसिर । सरकारले एन्टीजेन विधिबाट कोरोना परीक्षण शुरु गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबारबाट उपत्यकाका हटस्पट भनिएका स्थानमा एन्टीजेनबाट परीक्षण शुरु गरेको हो । पहिलो दिन करीब ७०० जनाको परीक्षण गर्दा ४१ जनाको पोजेटिभ आएको महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले शुरुवाती रिपोर्ट भएकोले यी ४१ जनाको पुन पीसीआर गरी क्रस जाँच गर्ने बताए । 
डा. पाण्डेले सोमबार महानगर क्षेत्रमा कोटेश्वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको बताए ।

५०० भन्दा बढी केश भएका स्थानलाई हटस्पट मानेर सबै स्थानमा संक्रमितको कन्ट्याक्टमा आएकाहरुको परीक्षण गरिने उनले बताए । एन्टिजेनबाट २०/२५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने छ ।  एन्टिजेनमा पपिसिआर जस्तै ‘घाँटीबाट स्वाब संकलन गरेर परीक्षण गरिन्छ ।

 संक्रमितको सम्पर्कमा आएकाहरुलाई स्थानीय निकायको सहयोगमा काठमाडौंका कोरोना हटस्पट क्षेत्रका बासिन्दालाई मात्र एन्टिजेन परीक्षण गर्ने डा.पाण्डेले जानकारी दिए । 

 तीनहजार पाँचसय जनसंख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाको आधारमा थप परिक्षण गरिने छ । विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता हुन्छ ।

सोमबार काठमाडौं महानगरपालिकाको  ४, ७ र ९ वडामा  परीक्षण गरिएको थियो । अब १७ मंसिरमा १०, १४ र १६   वडाका जोखिम स्थान तोकी परीक्षण गर्ने तयारी गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts