बुटवलको कोरोना बिशेष अस्पताल थप एक संक्रमितको मृत्यु

रुपन्देही, १६ मंसिर । कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी एकजना महिलाको मृत्यु भएको छ । ५३ बर्षीया महिलाको उपचारकै क्रममा राती १०ः०५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि मंसिर १३ गते पीसीआर परीक्षण गराएकी उनीमा सोही दिन कोरोना पुष्टि भएको थियो । २ दिन होम आइसोलेसनमा रहेकी उनलाई थप समस्था भएपछि १५ गते बुटवल ल्याईएको थियो ।
१५ गते नै कोरोना बिशेष अस्पताल भर्ना भएकी उनको १५ गते राती नै मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।