पिजीको परीक्षा पुसमा हुन सक्ने



Download our app to get more features

काठमाडौं, १६ मंसिर । सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेकाले चिकित्सा शिक्षाको स्नातकोत्तर (पिजी तह) को परीक्षा कहिले हुने भने अन्योलता कायम रहेको छ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका  उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले अदालतको अन्तरिम आदेश कायमै रहेकाले परीक्षा मिति तोक्न नसकेको बताए।
उनले भने,‘अदालतमा मुद्धा कायम नै छ। अदालतमा आगामी २८ गते पेशी तोकिएको छ। त्यहाँ टुंगो लाग्ने बित्तिकै परीक्षा मिति तोकिने छ।’ 

अदालतमा पिजीका विषयमा विदेशी कोटा, आरक्षण, सरकारी र करार लगायतका विषयमा मुद्दा परेको छ। न्यायाधिसहरुले यी सबै मुद्दाका विषयमा एकिकृत छलफल गरेर मात्र अगाडि बढ्ने राय दिएका छन्। तर मुद्दाका विषयहरुमा छलफल भने हुन सकेको छैन। 

२८ गते पेशी तोकिएकाले उक्त दिन सबै मुद्दाका विषयमा एकिकृत आदेश आएमा परीक्षाका विषयमा निर्णय लिन सकिनेछ ।  

 भने पुसको पहिलो हप्ता वा दोस्रो हप्तामा परीक्षा हुनसक्छ, २८ गते पेशी भएकाले यो मंसिर महिनामा परीक्षा नहुने उनले बताए । अब अदालतको आदेश कसरी आउँछ हामी त्यही अनुसार नै अगाडि बढ्छौै, उनले भने । 

आयोगले यसअघि असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको हो। परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्।

आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।

 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts