धुर्कोट गाउँपालिकामा स्वास्थ्य विमा कार्यक्रम उदघाटन्



Download our app to get more features

गुल्मी, १६ मंसिर । धुर्कोट गाउँपालिकामा स्वास्थ्य विमा कार्यक्रम तथा विमाको छुट्टै फार्मेसी सेवाको उदघाटन भएको छ । सोमबार धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र धुर्कोट ६ गुल्मीमा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष शिव बहादुर खत्रीले स्वास्थ्य विमा तथा छुट्टै फार्मेसीको उदघाटन गरे ।

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्धेश्य सहित सुरू भएको स्वास्थ्य विमाको लागि धुर्कोट गाउँपालिकामा यस अघि देखिनै प्रत्येक वडामा एक एक जना दर्ता सहयोगीले विमा गरेकाछन् । 
 कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि भुपाल पोखरेलले विमा गरेवापत पाउने सुविधाको सुरूवात भइसकेको हुदा स्वास्थ्य विमा केहो त्यसको बारे आम जनतालाई अझै बुझाउन नसकेको बताए । 

 पहिलो चरणमा स्वास्थ्य विमाको महत्त्व के छ भन्ने कुरा बुझाउन आवश्यक छ भन्दै अध्यक्ष पोखरेलले उपचारका लागि अब आम जनता मर्नु पर्दैन थोरै लगानीमा धेरै किसिमका सेवाहरूका लागि स्वास्थ्य विमा आवश्यक रहेको भन्दै सम्पूर्णले यसलाई प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए।

त्यस्तै उपाध्यक्ष शिव बहादुर खत्रीले आफ्नै टोलबाट स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यो कार्यक्रम महत्त्वपूर्ण रहेको छ भन्दै स्वास्थ्य विमा कार्यक्रममा प्रत्येक नागरिकहरू सहभागी गराउनका लागि सबै क्षेत्रका व्यक्तिहरूलाई यसको ज्ञान हुनु आवश्यक रहेको बताए । कार्यक्रममा धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका डा. जनक पाठकले स्वास्थ्य विमाको उद्धेश्य तथा यसले आम जनतामा पु¥याउने सेवाबारे प्रकाश पारे ।

उद्घाटन कार्यक्रममा वडा नंं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर नेपाली, वडा नं ३ का वडा अध्यक्ष विष्णु श्रीस, राष्ट्रिय जनमोर्चाका भिमकान्त पन्थी, स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनाल तथा समाजसेवी, बुद्धिजीवी, लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

अहेव राधिका खबासको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर खत्रीको अध्यक्षता तथा सि।अ।हे।ब। बाबुराम कुवँरको सञ्चालनमा सम्पन्न भएको थियोे । 

Last modified on 2020-12-01 07:05:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts