काठमाडौं उपत्यकामा ८०९ संक्रमित थपिए, १६ जना संक्रमितको मृत्यु

काठमाडौं, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ६१ महिला र ४ सय ४८ पुरुष गरी ८०९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ९ हजार १ सय २६ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय १५, ललितपुरमा १ सय २५ र भक्तपुरमा ६९ जनालाई कोरोना संक्रमण देखिएको छ।
यस्तै, आज काठमाडौंमा १३, ललितपुर २ र भक्तपुरमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अहिलेसम्म काठमाडौंमा मात्र ८७ हजार ८ सय ९३ जना संक्रमित भएका छन्, जसमध्ये ३ सय ७५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ८० हजार २ सय ४८ छ।
ललितपुरमा १३ हजार २ सय ७४ जना संक्रमित भएका छन्। जसमा १ सय १२ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ७ सय १० जना निको भएका छन्।
भक्तपुरमा ७ हजार ९ सय ५९ संक्रमितमध्ये ९१ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार २ सय २७ जना निको भइसकेका छन्।
आज काठमाडौमा ७ हजार २ सय ७०, ललितपुरम १ हजार ४ सय ५२ र भक्तपुरमा ६०८ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।