नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर ९१ दशमलव ९ प्रतिशत



Download our app to get more features

काठमाडौं, १५ मंसिर । नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ११ पिसिआर परीक्षण गर्दा थप ६सय २ महिला र ८ सय ७२ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । 

यस्तै गत २४ घन्टामा थप १ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ । यो दर कुल संक्रमितको ९१ दशमलव ९ प्रतिशत हो ।

हाल नेपालभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts