थप २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु, संख्या १५ सय नाघ्यो

काठमाडौं, १५ मंसिर । नेपालमा कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको छ ।
यस्तै देशभर ३ सय ५९ जना कोरोना संक्रमितको उपचार अस्पतालको आईसीयूमा उपचाररत छन् ।
यस्तै ५८ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।