सेती अस्पताललाई भेन्टिलेटर र स्वास्थ्य सुरक्षा सामग्री प्रदान

धनगढी, १५ मंसिर । सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री प्रदान गरिएको छ ।
कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा कोरोनाको महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिका लागि सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा। हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गरेका छन् ।
उनले १६ लाख ३२ हजार ८५० सय पचासको आईसीयूमा प्रयोग हुने एक भेन्टिलेटर, ६ हजार सर्जिकल मास्क, २५ सय जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोसाक, केएन ९५ मास्क २ सय थान र २५ थान सुरक्षा चस्मा हस्तान्तरण गरेका हुन् ।
जम्मा १८ लाख ५१ हजार १ सय मुल्यको सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।