सेती अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

धनगढी, १५ मंसिर । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको बताए ।
मंसिर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उनी उच्च रक्तचाप र दम रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।