सेती अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी, १५ मंसिर ।  सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको बताए। मंसिर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। उनी उच्च रक्तचाप र दम रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts