हेटौँडा अस्पतालमा सात शैय्याको आईसीयू सेवा सञ्चालन



Download our app to get more features

मकवानपुर, १५ मंसिर । मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौँडा अस्पतालमा आजबाट थप सेवा दिन सुरु गरेको छ । अस्पतालमा सघन उपचार कक्ष आईसीयू तथा उच्च उपचार कक्ष एचडीयू सञ्चालनमा आएको हो ।

सात शैय्याको आईसीयू १० शैय्याको एचडीयू आजदेखि सञ्चालनमा आएको हो । आईसीयू अभावका कारण हेटौँडाका निजी अस्पताल र भरतपुर रेफर हुँदै आएका बिरामीको अब भने हेटौँडा अस्पतालमानै उपचार हुने भएको हो ।

दुवै कक्षको उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ८ वर्षअघि आईसीयू कक्ष सञ्चालन गर्ने सपना  पूरा भएको बताए । 

एक जना मात्र डाक्टरले सञ्चालन गरेको इतिहास सम्झँदै मुख्यमन्त्री पौडेलले अब हेटौँडा अस्पतालमा स्वास्थ्य सेवा उच्च रहने बताए । 

मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका निर्देशक डाक्टर हरि खड्काले आर्थिक अवस्था कमजोर भएकाहरुको लागि आईसीयू कोष स्थापना गरेर सेवा दिने बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts