क्रिकेटर सन्दीप लामिछाने ह्याम्स अस्पताल भर्ना

काठमाडौं, १५ मंसिर । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्। शनिवार कोरोना संक्रमण पुष्टिभएका उनले समाजिक सञ्जालमार्फत आफूलाई सामान्य लक्षण देखिएको जनाएका थिए।
‘कोरोना परीक्षणका क्रममा आज मेरो पोजेटिभ नतिजा देखिएको छ। बुधवारयता मलाई शरीर दुखिरहेको थियो। तर अहिले स्वास्थ्यमा केही सुधार देखिएको छ,’ लामिछानेले लेखेका थिए, ‘अहिले म होम आइसोलेसनमा छु। यदि सबै कुरा ठीक भए चाँडै मैदान फर्कने छु।’
सामान्य लक्षण देखिएका उनी सामाजिक सञ्जालमा सक्रिय थिए। सन्दीप आइतबार बेलुकी ह्याम्स अस्पतालमा भर्ना भएको म्यानेजर रमन शिवाकोटीले जनाए।
खासै समस्या नभए पनि अलिकति कमजोर महसुस गरेकोले हस्पिटलमा केयर हुने भएको उनले बताए । गेमहरु पनि आइरहेकोले रिस्क किन लिने भनेर हस्पिटल पठाएको हो, शिवाकोटीले भने ।