विदेशमा कोरोनाका कारण थप ६ जना नेपालीको मृत्यु 



Download our app to get more features

काठमाडौं, १४ मंसिर । कोभिड–१९ का कारण यो हप्ता थप छ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या दुई सय ९९ पुगेको छ । अहिलेसम्म विभिन्न १९ देशमा रहेका नेपालीको मृत्यु भएको हो ।  

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो हप्ता साउदी अरबमा चार, पोर्चुगलमा एक र यूकेमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो हप्ता जापान, यूके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

शनिबार साँझसम्म  विभिन्न ४५ देशमा ४७ हजार पाँच सय ८३ गैरआवासीय नेपाली सङ्क्रमित भएकामा हालसम्म ४३ हजार ५७४ कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् । यो कूल सङ्क्रमितमध्येको ९१  प्रतिशत रहेको छ ।  


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts