देशभर १३ हजार ६ सय १२ जना संक्रमित होम आइसोलेसनमा 



Download our app to get more features

काठमाडौं, १४ मंसिर । देशभर १३ हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

आइतबार १७ हजार ९ सय ९ जना सक्रिय संक्रमितमध्ये १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ८ हजार ६ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा १ हजार ७ सय ६१, प्रदेश २ मा ३ सय ५५, लुम्बिनी प्रदेशमा ७ सय ८१, सुदूरपश्चिम प्रदेशमा ३ सय ९४, गण्डकी प्रदेशमा ९ सय १४ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts