काठमाडौं उपत्यकामा ५४८ कोरोना संक्रमित थपिए

काठमाडौं, १४ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार ५ सय ९६ जना कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय २२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण भएको छ।
आज देशभर १ हजार २ सय ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ।
२४ घण्टामा १ हजार ४०४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।