नेपालभर थप २५ जना कोरोना संक्रमितको मृत्यु, ५३ जना भेन्टिलेटरमा उपचाररत

काठमाडौं, १४ मंसिर । नेपालभर थप २५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ सय ७९ पुगेको छ ।
यस्तै हाल नेपालभर ५३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् भने ३ सय ६१ जना आईसीयूमा उपचाररत रहेका छन् ।