नेपालमा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, १४ सय ४ जना स्वस्थ

काठमाडौं, १४ मंसिर । नेपालमा थप १२ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८ हजार ८ जनाको पिसिआर परीक्षण गर्दा थप एक हजार २ सय ५५ जनामा कोरोना पोजटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार थप १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।
यस्तै हाल देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।