एफएनसीसीआईको एसोसिएट तर्फ केन्द्रीय सदस्यमा ओमका कार्यकारी निर्देशक कार्की निर्वाचित

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट तर्फबाट केन्द्रीय सदस्यमा ओम अस्पतालका कार्यकारी निर्देशक बाबुकाजी कार्की निर्वाचित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेशनमा कार्कीले अस्पताल क्षेत्रबाट पहिलो पटक उम्मेदवारी दिएका थिए । यसअघि स्वास्थ्य क्षेत्रबाट उद्योगीहरुले उम्मेदवारी दिएपनि अस्पतालबाट भने कार्कीले पहिलो पटक उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचित भएपछि कार्कीले हाम्रो डाक्टर न्यूजलाई प्रतिक्रिया दिँदै स्वास्थ्य तर्फ निजी क्षेत्रका मुद्दा उठाउन सहज हुने बताए ।
अहिलेसम्म महासंघमा मेडिकल क्षेत्रको कुनैपनि आवाज नपुगेको भन्दै उनले अब महासंघको माध्यमबाट मेडिकल क्षेत्रका समस्याहरुको पहिचान र त्यसको समाधान गर्नका लागि आवाज बुलन्द पार्ने उल्लेख गरे ।