गण्डकी प्रदेशका ११ स्थानीय तह कोरोना व्यवस्थापनमा उत्कृष्ट



Download our app to get more features

कास्की, १४ मंसिर । कोरोना महामारीको व्यवस्थापनका लागि उत्कृष्ट कार्य गर्ने सूचीमा गण्डकी प्रदेशका ११ स्थानीय तह परेका छन्। स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक–एक  स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो। 

भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामका आधारमा ११  स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका रहेका छन्। 

महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, सङ्क्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकका आधारमा उनीहरुको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए।

Last modified on 2020-11-29 11:27:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts