विराटनगरमा एकजना वृद्धको होम आइसोलेसनमा मृत्यु

विराटनगर, १४ मंसिर । विराटनगरका कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको आइतबार बिहान होम आइसोलेसनमा मृत्यु भएको छ। विराटनगर महानगरपालिका ९ का ७८ वर्षीय वृद्धको बिहान ८ बजेतिर आफ्नै घरमा मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेका वृद्धको पीसीआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजिटिभ आएको थियो।
रिपोर्ट पोजिटिभ आएका वृद्धलाई होम आइसोलेसनमा राखिएको थियो। बिहान स्वास्थ्यमा अचानक समया थपिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा मृत्यु भएको जानकारी महानगरले गराएको छ।