धनगढीको सारथी अस्पतालमा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु

धनगढी, १४ मंसिर । धनगढीको सारथी अस्पतालमा उपचाररत एक जना महिलाको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी गोदावरी नगरपालिका–५९ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको शनिबार मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । उनको मृत्युपछि आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।