काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ८५ महिला र ३ सय ६० पुरुष गरी ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। 

योसँगै उपत्यकामा एक लाख ७ हजार ७६९ जना व्यक्ति संक्रमित भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार  काठमाडौंमा ४ सय ८५, ललितपुरमा १ सय २४ र भक्तपुरमा ३६ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८ सय ५६ जना संक्रमित भएका छन्, जसमध्ये ३ सय ४८ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार ४ सय ६९ छ।

ललितपुरमा १३ हजार ८८ जना संक्रमित भएका छन्। जसमा १०९ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३ सय ५३ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार १ सय ४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार १ सय ४ जना निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts