थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु, संख्या १४ सय ५४ पुग्यो

काठमाडौं, १३ मंसिर । नेपालमा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ सय ५४ पुगेको छ ।
यस्तै हाल नेपालभर ५० जना कोरोना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ३ सय २५ जना आईसीयूमा उपचाररत छन् ।
हाल नेपालभर १२ हजार ५ सय ४६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।