नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार नाघ्यो, ९१ दशमलव ५ प्रतिशत स्वस्थ

काठमाडौं, १३ मंसिर । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ६८ पिसिआर परीक्षण गर्दा थप १३ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार ५ सय ४६ महिला र ८ सय ३४ पुरुष गरि थप १३ सय ८० नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप ५ सय १५ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि निको हुनेको संख्या २ लाख ११ हजार १ सय ८३ पुगेको छ । यो दर कुल संक्रमितको ९१ दशमलव ५ प्रतिशत हो ।
हाल नेपालमा १८ हजार ८३ सक्रिय संक्रमित रहेका छन् ।