खानेपानी र शौचालयको सामान्य पहुँच

What's This?


Download our app to get more features

जाजरकोट, ६ चैत । जाजरकोटका छत्तिस प्रतिशत विद्यालयमा मात्र खानेपानी र शौचालयको सामान्य पहुँच पुगेको छ । जिल्लाका कुल ४ सय ४० विद्यालयमध्ये १ सय ६४ विद्यालयमा शौचालय भएर सामान्य प्रयोग भएको पाइएको हो ।

त्यस्तै २ सय २५ विद्यालयमा सामान्य खानेपानीको पहुँच पुगेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार ८१ वटा विद्यालय मात्र बालमैत्री छन् ।
त्यस्तै १ सय ८४ विद्यालयमा घेरबार रहेको र बाँकी विद्यालय घेराबारबिहीन भएको कार्यालयले जनाएको छ ।

पानीको अभावका कारण शौचालयसमेत प्रयोगमा आउन सकेका छैनन् । केही विद्यालयमा भने खोलाबाट विद्यार्थी र शिक्षक मिलेर पानी बोकेर शौचालय प्रयोग गर्न बाध्य भएको पाइएको छ ।

छात्रछात्रा शौचालय छुट्टाछुट्टै नहुँदा थप समस्या भएको विद्यार्थीले गुनासा गरेका छन् ।

रासस

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts