काठमाडौं उपत्यकामा ८२२ संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख ७ हजार १ सय २४ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९९ , ललितपुरमा १ सय ६० र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ।
त्यसैगरी, आज काठमाडौंमा ३, ललितपुर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ८६ हजार ३ सय ७१ जना संक्रमित भएका छन्, जसमध्ये ३ सय ४२ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८हजार १ सय ६२ छ।
ललितपुरमा १२ हजार ९ सय ६४ जना संक्रमित भएका छन्। जसमा १०३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३ सय १५ जना निको भएका छन्।
भक्तपुरमा ७ हजार ७ सय ८९ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ९२ जना निको भइसकेका छन्।
आज काठमाडौमा ७ हजार ८६७, ललितपुरम १ हजार ५४६ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।